३० असार ०७५, तनहुँ । पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेलको शव सेती नदी किनारमा भेटिएको छ ।
असार ९ गते बिहान पोखराबाट हराएका पौडेलको शव शनिबार बिहान तनहुँस्थित सेती नदी किनार भीमाद–६, सेती नदी किनारमा फेला परेको हो ।
२१ दिनपछि भटिएको शव फुलेको, गलेको अवस्थामा बिहान ६ बजेतिर भेटिएको भीमाद प्रहरी चौकीले जानकारी दिएको छ ।
शव भेटिएको जानकारी पाउनेबित्तिकै परिवारका सदस्य तथा आफन्त भीमाद पुगेका थिए । शव देखेपछि निधारको चोट, हात, खुट्टा र हुलियाअनुसार परिवारले पहिचान गरेको भीमाद प्रहरी चौकीका सई ज्ञानेन्द्र क्षेत्रीले जानकारी दिए ।
असार ९ गते बिहानै घरबाट हिँडेका पौडेलले महेन्द्रपुलस्थित सेती नदीमा हाम फालेको निष्कर्ष प्रहरीको थियो ।