पेशा-व्यावसायमा चर्चित हुनु राजनीतिका लागि स्वतः योग्य होइन – पोखरेल

८ असार ०७९, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सञ्चारकर्मी रबि लामिछानेले दल दर्ता प्रक्रिया अढि बढाएसँगै प्रतिक्रिया व्यक्त गरेका छन् ।

महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत् कुनै पेशा वा व्यावसायमा सफल हुँदैमा राजनीतिकमा स्वतःयोग्य नहुने बताएका हुन् ।

‘निश्चित पेशा वा व्यावसायमा सफल वा चर्चित हुनु राजनीतिका लागि स्वतः योग्य हुनु होइन ।’ पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन् ।

सञ्चारकर्मी लामिछानेले मंगलबार मात्र राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका थिए ।