पार्टीका विवाद पार्टी भित्र नै मिलाउनुपर्छ – उपप्रधानमन्त्री पोखरेल

६ फागुन ०७५, सप्तरी । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पार्टीका विवाद पार्टी भित्र नै मिलाउनु पर्ने बताएका छन् ।

सोमवार नेपाल कम्युनिष्ट पार्टी सप्तरीद्धारा अयोजित स्वागत तथा कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले सो कुरा बताएका हुन् ।

उपप्रधानमन्त्री पोखरेलले भेटघाट कार्यक्रमल कार्यकर्तालाई सम्बोधन गर्दै पार्टीका विवाद पार्टी भित्र नै मिलाउनु पर्ने बताउँदै बाहिर विपक्षीलाई विवादको गुनासो नसुनाउन पार्टी कार्यकर्तालाई आग्रह गरे ।

कार्यक्रममा बोल्दै पप्रधानमन्त्री पोखरेलले कम्युनिष्ट पार्टी कार्यकर्ताको इच्छा, जनताको चाहना र देशको आवश्यकता अनुसार पार्टी एकता भएको बताउँदै कम्युनिष्टको दुई तिहाईको सरकारले देशको अवस्था सुदृढ हुने विश्वास गरे ।

नागरिकताको सवालमा अंगिकृत नागरिकता हुनेले देशका प्रमुख पद, राष्ट्रपति, प्रधानमन्त्री, प्रधानसेनापति, प्रधान न्यायाधिश, मुख्यमन्त्रि लगायत पदमा जान नसक्ने भएपनि अंगिकृत नागरिकबाट जन्मेको बच्चालाई जन्मसिद्ध नागरिकता दिईने बताए ।

नेकपा सचिवालय सदस्य समेत रहेका उपप्रधानमन्त्री पोखरेलले सप्तरीमा सेनाद्धारा चलाईरहेको वृहद स्वास्थ्य शिविरको सहरना गर्दै गरिब र शोसित पीडितजनताका लागि लाभदायक भएको बताउँदै सगरमाथा अञ्चल अस्पताल राजविराजमा भइरहेको उपचार पब्लिक विन्देश्वरी उच्च माध्यमिक विद्यालयमा सञ्चालन स्वास्थ्य शिविरका समेत निरीक्षण गरेको थिए ।

तपाइको मत