२७ साउन ०७५, काठमाडौं । सन् २००१ मा साहित्यतर्फको नोबेल पुरस्कार विजेता भिएस नायपालको निधन भएको छ ।
पारिवारिक स्रोतलाई उल्लेख गर्दै बीबीसीले नायपालको ८५ वर्षको उमेरमा लण्डनस्थित आफ्नै घरमा निधन भएको समाचार लेखेको छ ।
ट्रिनिडाडमा १९३२ मा जन्मिएर अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका नायपालको ‘द बेन्ड इन द रिभर’ र ‘अ हाउस फर मिस्टर विश्वास’ चर्चित छ ।
उनले पुरस्कार पाएपछि सम्बोधनका क्रममा उनले आफ्ना पुर्खा नेपालबाट आएको हुनसक्ने बताएका थिए ।