नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन शुरु

 

११ पुस ०७८, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन शुरु भएको छ ।

आइतबारदेखि काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा शुरु भएको महाधिवेशन पुस १५ गतेसम्म चल्नेछ ।

महाधिवेशनको उदघाटन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवादेखि काँग्रेस, एमाले लगायत प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु अतिथिका रुपमा सहभागी रहेका थिए ।