निजी क्षेत्र हतोत्साहित र कार्यकर्तालाई भरणपोषण गर्ने बजेट – मिनेन्द्र रिजाल

१८ जेठ ०७५, काठमाडौं । नेपाली काँग्रेसका नेता मिनेन्द्र रिजालले आर्थिक वर्ष २०७५/०७६ को बजेट निजी क्षेत्रलाई हतोत्साहित र पार्टी कार्यकर्तालाई भरणपोषण गर्ने गरी आएको बताएका छन् ।

बिहीबार बजेटमाथिको छलफलका क्रममा कांग्रेस सांसद रिजालले अहिलेको बजेट जनतालाई निराश र सत्तारुढ दलका कार्यकर्तालाई भरणपोषण गर्ने गरी आएको बताएका हुन् ।

अर्थमन्त्रीले सानो स्वरमै भएपनि हठ र अहंकारले आर्थिक समृद्धिको यात्रा सम्भव छैन् भनेर स्वीकार गरेको भन्दै सांसद रिजालले बजेटमा सत्तारुढ दलका कार्यकर्ता पोस्ने कार्यक्रम आएको बताए ।

नेपाल कम्युनिष्ट पार्टीले चुनावी आकर्षक नाराहरु दिए पनि छाडिदिएको भन्दै उनले राष्ट्रवादको नारा पनि छाडेको बताए ।
नेता रिजालले पानीजहाज चढेर हिन्द महासागर जाने योजना सम्भाव्यता अध्ययनमा मात्रै सीमित रहेको बताए ।

तपाइको मत