२५ जेठ ०८०, जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति एवम् अनुभवी नशा तथा हाडजोर्नी रोग विशेषज्ञ डा. रामकेवल साहको निधन भएको छ ।
पारिवारिक स्रोतलाई उदधृत गर्दै प्रतिष्ठानका राजिष्टार डिन. विनोद यादवले साहको आज बिहान उपचारको क्रममा दिल्लीको एक अस्पतालमा निधन भएको जानकारी दिए ।
लिभर क्यान्सरबाट पीडित डा. साहलाई काठमाडौंमा उपचार नभएपछि एक साताअघि मात्रै दिल्ली लगिएको थियो ।