काठमाडौं । नेपाली चलचित्र उधोगमा दिन प्रतिदिन नयाँ नयाँ कलाकारहरुको आगमनले तिब्रता पाएको छ ।
चलचित्रमा होस् या टेलिफिल्ममा समेत नयाँ कलाकारहरुले अभिनय गर्ने मौका पाइरहेका छन् । पछिल्लो समय सामाजिक सञ्जालको विकाससँगैै विश्व साँघुरिएको छ ।
नेपालमा पनि एक दशकदेखि सञ्चारको विकासले तिब्रता लिएको छ । दजनौं टेलिभिजन र सञ्चारमाध्यम स्थापना भएका छन् भने योसँग नयाँ नयाँ चलचित्र, वृतचित्र, म्युजिक भिडियो निर्माणले पनि तिब्रता पाएको छ । जसको कारण कुना कन्दरामा रहेका व्यक्तिहरुले पनि आफ्नो क्षमता प्रस्तुत गर्ने मौका पाएका छन् । जसले नयाँ कलाकारहरु जन्माउँदैछ ।
यस चलचित्रमा अभिनय गरेका कलाकाहरुले यतिबेला म्युजिक भिडियो तथा नेपाली चलचित्रमा अभिनय गर्ने समेत मौका पाएका छन् ।
पछिल्ला सयम सामाजिक सञ्जाल र युट्युवको लोकप्रियताले मनोरञ्जनात्मक तथा सन्देशमुलक सामाग्री प्रसारणमा सहजता ल्याइदिएको छ । पछिल्लो समय युट्युव मार्फत प्रशारण भएको च्युर्लुङ झ्याईं नामक धाराबाहिक हाँस्य टेलिचलचित्रले नेपाली चलचित्र उद्योगमा थप नयाँ कलाकारहरुलाई स्थापित गराउने प्रयास गरेको छ ।
समसामयिक राजनीतिक विषयका साथै समाजमा घट्ने गरेका विकृतिजन्य क्रियाकलापको चिरफार गर्ने मुख्य उद्देश्य राखेर बनेको सामाजिक टेलिफिल्म ‘च्युर्लुङ झ्याईं’ युट्युवमा चर्चा कमाउँदै गएको छ ।
म्युजिक एण्ड मुभी एक्सप्रेस नामक युट्युव च्यानलमार्फत् सार्वजनिक भएको टेलिचलचित्रको प्रसारण प्रत्येक हप्ताको शनिबार गरिने निर्देशक तेन्जी लामाले जानकारी दिए ।
ललितपुर जिल्ला गोदावरी नगरपालिका ६ काफलडाँडामा छायाङ्कन गरिएको सो सिरयलका कारण त्यस क्षेत्रको प्रचार–प्रचारमा पनि सहयोग पुगेको स्थानीयवासी बताउँछन् ।
रामेश्वर जिरेलको छायाङ्कनमा निर्माण भएको सो सिरयलमा सुमन श्रेष्ठ (पण्डित), रबिन थापा मगर (दाहिने), , तेन्जी लामा (पासा), राजु श्रेष्ठ (घोप्टे), दियाना राई (पूर्णिमा), टिना मगर (डल्ली), राजबंम ठकुरी (देब्रे) रहेना राई (राम साईली) , सिर्पाल मानान्धर (बाल कलाकार ) रजिना मर्हजन लगायतको अभिनय रहेको छ ।
तेन्जी लामाको लेखन तथा निर्देशनमा निर्माण भइरहेका यो टेलिचलचित्र विगतका धारभन्दा फरक तरिकाले स्तरीयतालाई समेत ध्यान दिई समयसापेक्ष निर्माण गरिएको निर्देशक तेन्जी लामाले जानकारी दिए ।
नेपाली चलचित्र उद्योगलाई माया गर्ने प्रतिभावान युवा जमातको समूह हाँस्यरसमा आधारित भई टेलिफिल्म निर्माणमा जुटेका छन् ।