देशभर वर्षा, हिमपात सुरु

२४ माघ ०७५, काडठमाडौं । पश्चिमी वायुका कारण बिहीबारदेखि देशभर वर्षा र हिमपात सुरु भएको छ ।

जम्मु काश्मिर हुँदै नेपाल प्रवेश गरेको मौसमको यो प्रणालीले पश्चिमबाट पूर्वतिर प्रभाव पार्ने भएकाले बिहीबारदेखि शनिबारसम्म मुलुकभर अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षा तथा हिमपात र केही स्थानमा भारी वर्षाका साथै हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पानी पर्ने र रोकिने क्रम तीन दिनसम्म चल्नेछ । देशैभरी उच्च हिमाली क्षेत्रमा हिउँ समेत परिसकेका छन् ।

तपाइको मत