दुई सहसचिवको सचिवमा बढुवा र पदस्थापन

२ बैशाख ०७७, काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकले दुई सहसचिवलाई सचिवमा बढुवा र पदस्थापन गरेको छ ।

मंगलबार बालुवाटारमा बसेको बैठकले सहसचिव अर्जुन पोखरेल र सागर राईलाई बढुवा र पदस्थापन गरेको हो ।

अर्थमन्त्री समेत रहेका सरकारका प्रवक्ता युवराज खतिवडाले प्रशासन समूह तर्फका सहसचिव पोखरेललाई सचिवमा बढुवा गरी प्रदेश नं. २ को प्रमुख सचिवमा पदस्थापन गरेको जानकारी दिएका छन् ।

यसैगरी प्रदेश नं. २ का प्रमुख सचिव रामकृष्ण सुवेदीलाई सूदरपश्चिम प्रदेशको प्रमुख सचिवमा सरुवा गर्ने निर्णय भएको प्रवक्ता खतिवडाले जानकारी दिए ।

यस्तै बैठकले इन्जिनियरिङ्ग समूह तर्फका सहसचिव सागर राईलाई सचिवमा बढुवा गरी नेपाल ट्रष्टको कार्यालयमा पदस्थाना गर्ने र नेपाल ट्रष्टको कार्यालयका सचिवलाई सरुवा गर्ने निर्णय गरेको उनले बताए ।