दशैंका लागि खसी, बोका र च्याङ्ग्रा बिक्री वितरण सुरु

२६ असोज ०७५, काठमाडौं । नेपाल खाद्य संस्थानले दशैंका लागि खसीबोका र च्याङ्ग्रा बिक्री वितरण सुरु गरेको छ ।

खाद्य संस्थानको बागमती अञ्चल कार्यालय थापाथलीस्थित कार्यालय परिसरबाट शुक्रबार विहानबाट खसीबोका र च्याङग्राको बिक्री सुरु गरेको हो ।

संस्थानले यस वर्षका लागि जिउँदो च्याङ्ग्रा प्रतिकिलो ७१० रुपैयाँ र खसीबोका प्रतिकिलो ५१० रुपैयाँ मूल्य तोकेको छ । जसमा संस्थानले १० रुपैयाँ छुट दिने प्रवक्ता शंकर सापकोटाले जानकारी दिए ।

संस्थानले तराईबाट खसीबोका र हिमाली जिल्लाबाट च्याङ्ग्रा ल्याउने गरेको छ । खसीबोका हेटौंडाबाट र च्याङ्ग्रा मुस्ताङबाट ल्याइएको संस्थानले जनाएको छ ।

संस्थानले हरेक वर्ष काठमाडौंका हकमा थापाथलीस्थित बागमती अञ्चल कार्यालय परिसरबाट दशैंका लागि सुपथ मूल्यमा खसीबोका र च्याङ्ग्रा बिक्री वितरण गर्ने गरेको छ ।

तपाइको मत