१४ जेठ ०७५, काठमाडौं । सरकारले दक्षिण कोरियासँग भएको श्रम सम्झौता अनुसार श्रम नवीकरण गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले नवीकरण गर्ने निर्णय गरेको हो । दक्षिण कोरियासँग नेपालले हरेक दुई-दुई वर्षमा श्रम नवीकरण गर्दै आएको छ ।
दक्षिण कोरियामा ईपीएस भाषा परीक्षा पास गरेर हरेक वर्ष नेपालीहरु काम गर्न कोरिया जाने गरेका छन् ।