थाइराइड दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

ललितपुर । विश्वभर थाइराइड दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

आज नेपालमा पनि जनचेतनामूलक कार्यक्रम आयोजना गरी विश्व थाइराइड दिवस मनाइएको छ ।

दिवसको अवसर पारेर अल्का अस्पताल काठमाडौं, डाइबेटिज एण्ड थाइराइड सेन्टर प्रा.लि. र लायन्स क्लव अफ अल्काले शुक्रबार बिहान ¥याली निकालेका छन् ।

अल्का अस्पतालबाट निस्किएको ¥याली जावलाखेल चोक, कुमारीपाटी, लगनखेल, कृष्णमन्दिर, गावाहल, पुल्चोक हुदैँ पुनःअस्पताल आएर समापन भएको थियो ।

थाइराइड दिवसको अवसर पारेर अस्पतालले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

के हो थाइराइड ?

थाइराइड घाँटीमा हुने ग्रन्थी हो, यो रुद्र घन्टीको ठ्याक्कै तल हुन्छ । त्यसले थाइराइड हर्मोन उत्पादन गर्छ ।

त्यो हर्मनको उत्पादनमा गडबढी भयो भने हामी थाइराइड लागेको भन्छौ । कसै–कसैको गन्थ्रीमा ट्युमर पलाएर पनि थाइराइड देखापर्छ ।

कब्जियत हुने, गलगाँड निस्कने, तौल बढ्ने, महिनावरी गडबड हुने, निःसन्तान, गर्मी महसुस् हुनु, पसिना धेरै आउनु, मुटु धकधक हुनु, दिसा धेरै पटक लाग्नु, हात खुट्टा काम्नु, सास फुल्नु, निन्द्रा नलाग्नु साथै आवाज परिवर्तन हुनु, खान निल्न गाह्रो हुनु हुनु थाइराइड रोगका लक्षण हुन् ।

उपचार विधि
थाइराइड ग्रन्थीले बढी काम गर्ने रोग देखिए बाहिरबाट थाइराइड हर्मोन सेवन गर्ने अप्रेसन गर्नु पर्दैन । औषधि परीक्षण गर्दा ६ महिनासम्म रगत जाँच गर्नुपर्छ ।

थाइराइड ग्रन्थीले बढी काम गर्ने रोग देखिए कम्तीमा १२ देखि १८ महिनासम्म औषधि खानुपर्छ ।

थाइराइड ग्रन्थीको क्यान्सर भएमा अप्रेसन गर्नुपर्छ । अप्रेसनपछि रेडियो एक्टिभ औषधि प्रयोग गरेमा यो निको हुन्छ ।

तपाइको मत