८ जेठ ०७७, काठमाडौं । स्वास्थ्य मन्त्रालयको अध्यावधिक विवरणअनुसार कोभिड १९ पुष्टि भएकाहरूको कूल संख्या ४५७ पुगेको छ ।
मन्त्रालयले बिहीबार साँझ थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएपछि कूल संक्रमित ४५७ जना पुगेको हो ।
भेरी अस्पताल नेपालगंज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा बाँकेका नरैनापुर ३ निवासी ३२ बर्षीय पुरुष, खजुरा ३ निवासी ४२ वर्षीय महिला र कपिलवस्तु सुद्धोधन गाउँपालिका निवासी १९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयले बताएको छ ।