२९ बैशाख ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड १९) का पुष्टि भएकाहरूको संख्या १२० पुगेको जनाएको छ ।
मन्त्रालयले सोमबार बिहानसम्मको अध्यावधिक विवरण अनुसार कोभिड १९ का पुष्टि भएकाहरूको संख्या १२० पुगेको बताएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौमा गरिएको परीक्षण अनुसार नयाँ पुष्टि भएको संख्या दश (१०) रहेको छ ।
नयाँ संक्रमितहरु कपिलबस्तु, यशोधरा गाउँपालिका ५ र बुद्धभुमि नगरपालिका ७ , १० निवासी १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षीय पुरुषहरू र १ जना उमेर नखुलेका पुरुष रहेको मन्त्रालयले जनाएको छ । साथै, हालसम्म प्राप्त विवरण अनुसार निजहरूको स्वास्थ्य अवस्था सामान्य र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् ।