३ साउन ०७५, काठमाडौं । गायिका आनी छोइङ डोल्माले तुइन बिस्थापनका लागि प्रधानमन्त्रीलाई १ करोड रुपैयाँ प्रदान गरेकी छन् ।
गायिका आनीले बुधबार जनतासँग प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त रकम प्रदान गरेकी हुन् ।
गायिका आनीले तुइनबाट आवत–जावत गर्ने नागरिकका कष्टकर जीवन देखेपछि तुइन बिस्थापनका लागि रकम जम्मा गर्न थालेको बताइन् ।
आनीले रकम प्रदान गरेसँगै प्रधानमन्त्री ओलीले आफ्नो एक महिनाको तलब पनि सोही कोषमा प्रदान गर्ने घोषणा गरे ।
प्रधानमन्त्री ओलीले पहिलोपटक पदबहाली गर्दा फाइलमा दुई वर्षभित्र तुइन बिस्थापन गर्ने भनी हस्ताक्षर गरेका थिए तर तीन वर्ष बितिसक्दा पनि ५० प्रतिशत वरपर मात्रै तुइन मात्र विस्थापन भएको छ ।