७ फागुन ०७५, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस प्रकरणमा मुछिएपछि पदबाट राजिनामा दिएका आयुक्त राजनारायण पाठकविरुद्ध अनुसन्धान गर्न तीन सदस्यीय कमिटी गठन गरेको छ ।
आयोगले सहसचिवको नेतृत्वमा तीन सदस्यीय कमिटी गठन गरी पठकमाथि औपचारिक अनुसन्धान सुुरु गरेको हो । महान्यायाधिवत्ताको कार्यालयले पाठकमाथि आयोगलाई छानबिन गर्न सक्ने राय सोमबार दिएपछि अनुसन्धान सुुरु गरेको हो ।
पाठकले नेपाल इञ्जिनियरिङ कलेजमा भएको भ्रष्टाचार मिलाइदिने शर्तमा ७८ लाख रुपैयाँ घुस लिएको सार्वजनिक भएपछि गत शुक्रबार पदबाट राजीनामा दिएका थिए ।