ताल संरक्षण गर्न प्राधिकरण गठन

३० पुस ०७५, कास्की । गण्डकी प्रदेश सरकारले ताल संरक्षण तथा विकास प्राधिकरण गठन प्रक्रिया अगाडि बढाएको छ ।

सरकारले गण्डकी प्रदेशभित्र रहेका ताल, पोखरी, कुण्ड लगायतको संरक्षण तथा विकास गर्न प्राधिकरण गठन गर्ने प्रक्रिया थालेको हो ।

ताल संरक्षण तथा विकास प्राधिकरण विधेयक मन्त्रिपरिषदले पारित गर्दै प्रदेश सभा सचिवालयमा दर्ताका लागि पठाएको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा पर्यटनमन्त्री सदस्य रहने गरी विज्ञसहितको प्राधिकरण गठन हुनेछ । सरकारले प्राधिकरणमा एक जना विज्ञलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्नेछ ।

तपाइको मत