तनुहुँमा बस र माइक्रो ठोक्किँदा दुई जनाको मृत्यु, ८ घाइते

९ असोज ०७५, जामुने । तनहुँको म्याग्दे गाउँपालिका–४  मनहरीमा मिनी बस र माइक्रोबस आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको भने ८ जना घाइते भएका छन् ।

मंगलबार दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा ३ ख ४४४२ नम्बरको माइक्रो र विपरित दिशाबाट आउँदै गरको लु १ ख ४१९४ नम्बरको बस पृथ्वी राजमार्ग अन्र्तगत मनहरीमा ठोक्किएको हो ।

मृत्यु हुनेमा व्याँस–११ घर भई हाल भादगाउँमा बस्दै आएकी ३४ वर्षीया सरस्वती कुँवर र पहिचान खुल्न नसकेकी अन्दाजी १९ वर्षकी एक युवतीको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

घाइतेहरुको दमौली र पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका उपरीक्षक सिद्धीविक्रम शाहले बताए ।

तपाइको मत