ढुंगेलसहित ८१६ कैदीले पाए रिहा

१५ जेठ ०७५, काठमाडौं । सशस्त्र द्वन्द्वका बेला २०५५ सालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या गरेको अभियोगमा जेल परेका बालकृष्ण ढुंगेल रिहा भएका छन् ।

मंगलबार ढुंगेलसहित अन्य ८१६ कैदीले समेत माफी पाएका छन् ।

गणतन्त्रको अवसरमा सरकारले ढुंगेलसँगै अन्य ८१६ कैदी–बन्दीको कैद मिनाहा गर्न सिफारिसमा राष्ट्रपतिले सरकारको सिफारिस अनुमोदन गरेसँगै ढुंगेलसहित अन्य ८१६ कैदी रिहा भएका हुन् ।

ढुंगेललाई स्वागत गर्न मंगलबार बिहानै उनका समर्थक डिल्लीबजार कारागार पुगेका थिए । समर्थकले उनलाई माला लगाएर स्वागत गरे भने ढुंगेलले केहीबेर सम्बोधन गरेका थिए ।

तपाइको मत