१० बैशाख ०७५, काठमाडौं । बिरामीको औषधि किन्न डाक्टरले लेख्ने प्रेस्क्रिप्सनमा अब औषधिलगायत सबै कुरा स्पष्ट बुझिने गरी लेख्नुपर्ने भएको छ ।
नेपाल मेडिकल काउन्सिलको इथिकल कमिटीले सार्वजनिक सूचना प्रकाशित गरी यस्तो व्यवस्था गरेको हो । प्रेस्क्रिप्सन नबुझिएका कारण गलत औषधि सेवन गरेर बिरामी समस्यामा परे
मेडिकल काउन्सिलका रजिस्ट्रार डा.दिलीप शर्माले डाक्टरको कोड अफ इथिक्समा प्रेस्क्रिप्सन लेख्दा प्रस्ट बुझ्ने गरी लेख्नुपर्ने व्यवस्था गरिएको बताए ।
डा.शर्माले अस्पष्ट प्रेस्क्रिप्सनले गर्दा गलत औषधि सेवन गरेर उजुरी परे डाक्टर कानुनी दायरामा पर्ने बताए ।
काउन्सिलका अनुसार स्वास्थ्यकर्मीले प्रेस्क्रिप्सन लेख्दा औषधिको नाम, सेवन गर्नुपर्ने मात्रा–समय तथा अवधिसमेत बुझिने भाषा र अक्षरमा छापेर वा लेखेर दिनुपर्छ । प्रेस्क्रिप्सनमा चिकित्सक वा अधिकारप्राप्त स्वास्थ्यकर्मीले आफ्नो पहिचान खुल्ने गरी नाम, थर एवं सम्बन्धित काउन्सिलमा दर्ता भएको प्रमाणपत्रको नम्बरसमेत उल्लेख गुर्नपर्नेछ ।