१५ असार ०७५, राजविराज । छिन्नमस्ता गाउँपालिका ३ का दुई सामुदायिक विद्यालयमा अध्ययन गर्ने जेहेन्दार छात्र–छात्रालाई साइकल, पोशाक र झोला वितरण गरिएको छ ।
बिहीबार विद्यालय जान हौसला र अन्य विद्यार्थीहरुलाई पनि प्रेरणा मिलोस् भन्ने उद्देश्यले वडा कार्यालयको सहयोगमा युवा जागरण नेपालले करिब रु. दुई लाख मूल्य बराबरको साइकल, पोशाक र झोला वितरण गरेको हो ।
कक्षा ६ देखि १० मा प्रथम, द्वितीय र तृतीय हुने १५ जना छिन्नमस्ता भुपेन्द्र संस्कृत माध्यमिक विद्यालय सखडाका बिद्यार्थीलाई हिरो साइकल, संस्कृत मा.वि. र राप्रावि गोविन्दपुरमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका प्रथम, द्वितीय र तृतीय हुने बिद्यार्थीलाई पोशाक र झोला वितरण गरिएको वडा अध्यक्ष दिपेन्द्रकुमार यादवले बताए ।
सहयोगले विद्यार्थीहरुमा उत्साह थपिएको र यसले पठनपाठनमा पनि सहयोग पु¥याउने छिन्नमस्ता भुपेन्द्र संस्कृत माध्यमिक बिद्यालयका शिक्षक इन्द्र थापाले बताए ।