जेठ १६ र १७ गते ‘माक्र्सवाद र समाजवाद’ विषयमा अन्तरराष्ट्रिय सम्मेलन हुँदै

१४ जेठ ०७५, काठमाडौं । विश्व सर्वहारा वर्गका नेता कालमाक्र्सको जन्म द्विशतवार्षिकीका अवसरमा यही जेठ १६ र १७ गते नेपालमा ‘माक्र्सवाद र समाजवाद’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।

सोमबार कार्ल माक्र्स द्विशतवार्षिकीका सन्दर्भमा अन्तर्राष्ट्रिय सेमिनार आयोजक कमिटीले पत्रकार सम्मेलन गरेर अन्तर्राष्ट्रिय सम्मेलनको बारे जानकारी दिएको हो ।

सम्मेलनमा रसिया, चीन र लाओसका सत्तारूढ पार्टीका अतिरिक्त बंगलादेशका तीनवटा कम्युनिष्ट पार्टी, जर्मनीका एमएलडी, कम्युनिस्ट पार्टी अफ इन्डिया, कम्युनिस्ट पार्टी अफ इन्डिया (माले) लिवरेसन, जापानिज कम्युनिस्ट पार्टी सहभागी हुनेछन् ।

त्यस्तै वर्कर्स पार्टी अफ कोरिया, कम्युनिस्ट पार्टी अफ रसियन फेडेरेसन, कम्युनिस्ट पार्टी अफ श्रीलंका र कम्युनिस्ट पार्टी अफ भियतनाम सम्मेलनमा सहभागी हुन नेपाल आइसकेका छन् ।

पार्टी  एकतापछि विश्वका अन्य कम्युनिष्ट पार्टीहरुलाई नेपालको शक्तिशाली कम्युनिष्ट पार्टीले नयाँ सन्देश दिने अवसरका रुपमा समेत सम्मेलनको तयारी भएको समितिका संयोजक एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले जानकारी दिए ।

सम्मेलनको प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन र कार्यपत्र प्रस्तुत गरी ‘नेपालका कम्युनिष्ट आन्दोलन र क्रान्तिकारी प्रक्रिया’ का बारेमा र  अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘आजको माक्र्सवाद र समाजवाद’, विषयमा कार्यपत्र प्रस्तुत गर्दैछन् ।

तपाइको मत