३ पुस ०८०, बारा । पाँच लाख रुपैयाँ घुससहित जितपुर–सिमरा उपमहानगरपालिका–३ का वडाअध्यक्ष तारा बहादुर कार्की पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाका प्रवक्ता नरहरि घिमिरकाअनुसार घरबाटो सिफारिस गरिदिने भन्दै सेवाग्राहीबाट घुस लिने क्रममा अख्तियारले उनलाई रंगेहात प्रकाउ गरेको हो ।
घिमिरेले पक्राउ परेका अध्यक्ष कार्कीलाई थप अनुसन्धान गरिने बताए ।