जनता समाजवादीका अब्दुर रहिम माओवादी केन्द्र प्रवेश

९ बैशाख ०७९, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य डा. अब्दुर रहिम मिक्रानी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।

शुक्रबार माओवादी केन्द्रको मुख्यालय पेरिडाँडामा भएको कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिक्रानीलाई पार्टीमा प्रवेश गराएका हुन् ।

यसैगरी जसपाका केन्द्रीय सदस्य बागलुङका यमबहादुर घर्तीमगर र प्रदेश समिति सदस्य दिलिप थापामगर पनि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।