स्याउ बोकेको ट्रक प्रहरी नियन्त्रणमा

८ फागुन ०७५, सप्तरी । सुनसरीको सुर्य फ्रुट सेन्टरबाट ट्रकमा लोड गरि राजबिराजतर्फ आउँदै गरेको ४ सय ८२ कार्टुन चाइनिज स्याउ सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरी टोलीले सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका १० स्थित ईनर्वा चोकमा ना २ ख ३२७१ नम्बरको ट्रक चेकजाँच गर्दा ४ लाख ८५ हजार मूल्य बरावरको उक्त परिणमका् स्याउ भ्याट नतिरी लिई आएको पाईएको हुँदा नियन्त्रणमा लिईएको जानकारी दिएको छ ।

भारतीय बजारमा चाइनिज स्याऊ निकै सस्तो पर्ने भएकोले केही तस्करहरुले बाहिरबाट ल्याई भारतीय सीमासँग जोडिएको स्थानमा भण्डारण गर्ने र त्यसपछि लुकिछिपी भारततर्फ पठाउने गरेको पाइएपछि प्रहरीले निगरानी बढाएको छ ।

तपाइको मत