चलचित्र कलाकार संघ : विवाद नटुंग्याई महाधिवेशनमा नजाने

काठमाडौं । आगामी चैत ४ गते हुने भनिएको चलचित्र कलाकार संघको १९औं महाधिवेशन तथा कार्यसमिति निर्वाचन रोकिएको छ ।

प्रवक्ता मोहन निरौलाले मंगलबार बसेको कार्यसमिति बैठकले आर्थिक प्रतिवेदन र सदस्यता विवादको टुंगो नलागेसम्म महाधिवेशनमा नजाने निर्णय गरेको बताए ।

उनले भने, ‘सकेसम्म चैत ४ गते नै चुनाव गर्ने हाम्रो योजना हो । त्यो बेलासम्म विवादलाई टुंग्याएर आर्थिक प्रतिवेदन तयार पार्ने कार्य गछौ । विवादरहित ढंगले निर्धारित मितिमै चुनाव गर्नेमा जोड हुन्छ । तर यी विवाद नटुंग्याइकन महाधिवेशनमा नजाने निर्णय भएको छ ।’