चन्द समूहलाई पार्टीमा स्वागत गर्ने प्रतिक्षामा नेकपाका अध्यक्ष प्रचण्ड

२२ फागुन ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द समूहलाई आफ्नो पार्टीमा स्वागत गर्ने प्रतिक्षामा रहेका बताएका छन् ।

शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बिमल अधिकारी नेतृत्वको नेकपा माओवादी समायोजित र विप्लव समूहका दीप तामाङको समूहलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

चन्द समूह आफू हिँडेकै बाटोमा आएको भन्दै छिट्टै यस्तै कार्यक्रम गरेर चन्दलाई पार्टीमा स्वागत गर्ने प्रतीक्षा रहेको पनि बताए ।

यस्तै नेकपाका अध्यक्ष माधवकुमार नेपालले नेत्रविक्रम चन्द राजनीतिको मूल प्रवाहमा फर्किएकोमा खुसी व्यक्त गरे ।