गैडाको खागसहित एक जना पक्राउ

२१ जेठ ०७५, काठमाडौं । महानगरीय प्रहरी वृत्त, लैनचौरले गैडाको खागसहित एक जनालाई पक्राउ गरेको छ ।

धादिङको वेनिघाट रोराङ्ग गाउँपालिका–५ का १९ वर्षीय जिसन सुनारलाई  सिंग जस्तो देखिने गैंडाको खाग सहित नयाँ बजार क्षेत्रबाट प्रहरी पक्राउ गरेको  हो ।

उनलाई  ६५ लाख रुपैयाँमा गैंडाको खाग  विक्री गर्न लागेको अवस्थामा  पक्राउ गरिएको  र थप अनुसन्धान तथा काराबाहीका लागि खागसहित जिल्ला वन कार्यालय, हात्तिसार पठाइएको बताए ।

तपाइको मत