गुन्डा लामालाई पक्राउ गर्न इन्काउन्टर, घाइते लामाको वीर अस्पतालमा उपचार हुँदै

२८ जेठ ०७५, ललितपुर ।  प्रहरीले शंखमुलस्थित यूएन पार्क नजिकै गुन्डा अशोक लामामाथि  इन्काउन्टर गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले  मोस्ट वान्टेड सूचीमा रहेका लामालाई पक्राउ गर्ने क्रममा गोली हानेको हो । लामाको साथबाट एक पेस्तोल र २ थान गोली पनि बरामद भएको छ ।

लामाबारे सूचना पाएपछि महानगरीय प्रहरी अपराध महाशाखाको टोली यूएन पार्क पुगेको थियो । तर, प्रहरी टोलीमाथि जाइलागेपछि गोली चलाउनु परेको अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले बताए ।

प्रमुख एसएपी सिंहले दायाँ घुँडा मुनी गोली लागेको लामालाई नियन्त्रणमा लिएर उपचारका लागि वीर अस्पताल पुर्‍याएको बताए ।

लामाले ललितपुरको सातदोबाटोदेखि भैंसिपाटीसम्म विभिन्न व्यापारी तथा घरजग्गा प्लटिङ व्यवसायीसँग धम्काएर पैसा असुल गर्ने देखि अवैध रुपमा जुवा खेलाउने कार्यमा संलग्न रहेको प्रहरीको आरोप छ ।

तपाइको मत