गुण्डाराज र दादागिरीको अन्त्य हुन्छ – प्रहरी उपरीक्षक राना

११ जेठ ०७५, कास्की । जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले कास्कीमा गुणडाराज अन्त्य गर्ने बताएका छन् ।

पृथ्वी होटल व्यवसायी समितिले एसपी रानाको स्वागतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कास्कीमा गुण्डाराज र दादागिरी अन्त्य गरिने बताएका हुन् ।

‘कास्कीबाट अब गुण्डाराज र दादागिरीको अन्त्य हुन्छ’, एसपी रानाले भने, ‘कसैले हप्ता उठाउने, धम्क्याउने, थर्काउने, चन्दा माग्ने वा खाएको बील नतिर्ने गरेमा प्रहरीलाई जानकारी दिनुस् हामी ठीक पार्नेछौं ।’

आफू कास्कीमा आएपछि कास्की प्रहरी आक्रामक ढंगले अगाडि बढेको बताउँदै उनले शान्ति सुरक्षामा खतरा उत्पन्न भए वा व्यबसायिक सुरक्षामा समस्या आए आफूलाई सीधै फोन गर्न पनि व्यवसायीहरुलाई सुझाए ।

कार्यक्रममा समितिका अध्यक्ष कमलप्रसाद न्यौपाने, बरिष्ठ उपाध्यक्ष हरि पाण्डे, महासचिव बालकृष्ण निउरे साथै समितिका संस्थापक अध्यक्ष रिजन शेरचन लगायतले आपराधिक क्रियाकलाप रोक्न आफूहरु प्रहरीका लागि सहयोगी भूमिकामा रहने बताए ।

तपाइको मत