२६ बैशाख ०७६, राजविराज । हरुवा चरुवाका बालबालिकालाई शिक्षामा पहुँच बढाउन तथा विद्यालय बाहिर रहेका गरिव विपन्न समुदायका बालबालिकालाई छात्रवृत्ति स्वरुप शैक्षिक सामाग्री प्रदान गरिएको छ ।
विद्यालयसम्म ल्याउन प्रोत्साहन गर्ने उद्देश्यले मानव अधिकार तथा ग्रामिण युवा परिवर्तन (हुर्क) नेपाल राजविराजले बिहीबार तिलाठी कोइलाडी गाउँपालिका ४ स्थित राजेन्द्र देवकी माविमा एक कार्यक्रमको आयोजना गरी हरुवा चरुवा परिवारबाट त्यस गाउँपालिकाको विभिन्न विद्यालयमा अध्ययनरत १ सय ५० जना तथा विद्यालय बाहिर रहेका ३६ जना गरि १ सय ८६ जना छात्रछात्रालाई छात्रवृत्तिबापत् शैक्षिक सामाग्री प्रदान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि गैसस महासंघका केन्द्रिय उपाध्यक्ष ध्रुब देवले छात्रछात्रालाई छात्रवृत्ति बापत विद्यालय पोशाक, व्याग, जुत्ता, कपी कलम, इरेजर, कटर लगायतका शैक्षिक सामाग्री वितरण गरेका थिए ।
सरकारले शिक्षाको माध्यमबाट हरुवा चरुवा न्यूनिकरण तथा सशक्तिकरण कार्यक्रम अन्तरगत द फ्रिडम फण्डको सहयोगमा १ सय ८६ जना छात्रछात्रालाई विद्यालय पोशाक र शैक्षिक सामाग्री बितरण गरेको हो।
बैशाख १३ गतेदेखि बेपत्ता भएकी १४ वर्षीय वालिका फेला पारी अभिभावक लाई जिम्मा
बैशाख १३ गते आफ्नै घरबाट बेपत्ता भएकी १४ वर्षीय रम्भा कुमारी यादव फेला परेकी छिन् ।
सप्तरी राजगढ गा.पा. वडा नं. ६ बस्ने बुबा रामदेव यादवले आफ्नी छोरी बेपत्ता भएपछि प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रमा हुलिया निवेदन दिएपछि निवेदनको आधारमा प्रहरीले खोजतलास गर्दै जाँदा उनलाई सप्तरी राजविराज नगरपालिका वडा नं. ८ पुलचौकबाट बैशाख २४ गते फेला पारेको हो ।
रामदेवका अनुसार रम्भा २०७६ बैशाख १३ गते आफ्नै घरबाट कोही कसैलाई जानकारी नगराई बेपत्ता भएकी थिईन् । प्रहरीले बैशाख २४ मा सकुशल भेटिएकी रम्भालाई प्रहरी संरक्षणमा राखी बैशाख २६ गते बाबु आमालाई जिम्मा लगाएको छ ।