५ असोज ०७५, काठमाडौं । गृहमन्त्रालयले खुर्सिद अन्सारीको हत्या छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ ।
शुक्रबार गृह मन्त्रालयले प्रदेश १ का एसएसपी किशोर दाहालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।
समितिमा राष्ट्रिय अनुसन्धानका उप– निर्देशक तुलसी प्रसाई, कानुन मन्त्रालयका उपसचिव रवीन्द्र आचार्य, सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार थम्सु र सुनसरीका प्रशासकीय अधिकृत राजन पाण्डे छन् ।
समितिले १५ दिनभित्र घटनाको छानविन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ ।
खुर्सिदको बिहीबार हरिनगरा गाउँपालिका भुटाहा बजारमा गोली हानी हत्या भएको थियो । सो क्रममा एक प्रहरी समेत घाइते छन् ।
घटनापछि गृहमन्त्रीले मृतकको परिवार एवं पीडित पक्षलाई काठमाडौंमा भेट्ने भन्दै त्यसका लागि व्यवस्था मिलाउन सुनसरीका प्रमुख जिल्ला अधिकारीलाई दिर्नेशन दिइएको छ भने स्थानीयले गृहमन्त्री आफैं उपस्थित भएर घटनाको छानबिन गर्ने प्रतिवद्धता नजनाएसम्म शव नउठाउने बताएका छन् ।