कोरोना संक्रमित थप १ जनाको मृत्यु, कूल संक्रमित संख्या ४ हजार ८५

२७ जेठ ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) संक्रमित थप १ जनाको मृत्यु भएको जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा प्रवक्ता डा.जागेश्वर गौतमले कोरोना संक्रमित थप १ जनाको निधन भएको बताएका हुन् । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या १५ पुगेको छ ।

चितवन भरतपुर अस्पतालमा उपचाररत भरतपुर – ११ का एक पुरुषको निधन भएको बताउँदै प्रवक्ता देवकोटाले उनी ज्वरो, निमोनिया, सुगर र प्रेसरका बिरामी रहेको र उनको सोमबार स्वाब परीक्षण गर्दा कोभिड–१९ पोजेटिभ देखिएको बताए ।

मन्त्रालयको पछिल्लो विवरण अनुसार कोरोना संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ भने आइसोलेसनमा ३ हजार ४ सय ८७ जना रहेका छन् । यस्तै ५ सय ८४ जना निको भएर घर फर्किसकेका छन् ।