कोरियामा कार्यरत नेपालीहरुको विषयमा आफुहरु संवेदनशिल छौँ – कोरियाली राजदुत

१७ साउन ०७५, काठमाडौं । नेपालका लागि दक्षिण कोरियाका राजदुत पार्क योङ सिकले दक्षिण कोरियामा कार्यरत नेपालीहरुको हितको विषयमा आफुहरु संवेदनशिल रहेको बताएका छन् ।

बिहीबार गृहमन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा ‘बादल र कोरियाली राजदुतबीच भएको शिष्टाचार भेटवार्तामा सो कुरा बताएका हुन् ।

भेट वार्तामा राजदुत सिकले हाल दक्षिण कोरियामा ३५ हजार नेपाली कार्यरत रहेको र २० हजारले कार्य अवधि समाप्त गरी नेपाल फर्किसकेको जानकारी दिएका थिए ।

त्यस्तै, राजदुत सिकले नेपालमा उर्जा, पर्यटन लगायतका क्षेत्रमा कोरियाली कम्पनीले लगानी गरिरहेको भन्दै त्यसमा थप लगानी गर्न कोरिया तयार रहेको बताएका थिए ।

भेटमा गृहमन्त्री थापाले पछिल्लो समय दक्षिण कोरिया र उत्तर कोरियाबीच भईरहेको वार्ता र छलफलको स्वागत गर्दै यसले समग्र विश्वमै शान्ति कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।

गृहमन्त्री थापाले दक्षिण कोरियामा नेपालीहरुलाई रोजगारीको अवसर दिएकोमा राजदुतलाई धन्यवाद व्यक्त गर्दै त्यहाँ कार्यरत नेपालीहरुको सेवा, सुविधा तथा सुरक्षाका विषयमा राजदुतसँग छलफल गरेका थिए ।

यसैगरी, राजदुत सिकले नेपालको प्रवेशाज्ञा प्रक्रिया केही झन्झटिलो रहेको कारण कोरियालीहरु लगानी गर्न आउँदा केही समस्या रहेको बताएपछि गृहमन्त्री थापाले त्यसबारे खोजविन गरेर तत्कालै त्यसमा सुधार गरिेन बताएका थिए ।

भेटमा नेपाल र दक्षिण कोरियाबीचको द्धिपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो ।

तपाइको मत