८ जेठ ०७८, काठमाडौं । शुक्रबार मध्यराति राष्ट्रपति कार्यालयले मध्यावधि चुनाव घोषणा गरेकोे छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) वमोजिम प्रधानमन्त्रीमा दाबी गर्ने एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरवहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्ने ठाेस आधार नदेखिएको बक्तव्य जारी गरेसँगै मन्त्रिपरिषद् बैठक बस्यो ।
मध्यरातमा बसेको मन्त्रीपरिषद बैठकले संसद विघटन गरी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव घोषणा गर्न सिफारिस गर्ने निर्णय गर्यो ।
मन्त्रीपरिषदकाे सिफारिसमा राष्ट्रपति भण्डारीले जेठ ८ काे पहिलाे प्रहर पाैने २ बजे मध्यावधि चुनाव घोषणा गरिन् ।