२ फागुन ०७५, काठमाडौं । प्रहरीले कञ्चनपुरको पुनर्बास नगरपालिका–२, दशरथबस्तीबाट १८ किलो सुन बरामद गरेको छ ।
विशेष सुराकीको आधारमा जिल्ला जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुरको टोलीसँगै अपराध महाशाखा र केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीको टोलीले दशरथबस्तीबाट जमिनमुनि गाडेर राखिएको १८ किलो सुन बिहीबार बरामद गरेको हो ।
भारतीय सीमासँग जोडिएको दशरथबस्तीमा एक स्थानीयको घरम जमिनमुनि गाडेको अवस्थामा सुन फेला परेको कैलाली प्रहरी प्रमुख एसपी आभूषण तिमल्सिनाले बताए । सुनसँगै एकजना स्थानीय पनि पक्राउ परेका छन् ।