२४ बैशाख ०७९, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशमा नेकपा एमालेले भ्रम छर्ने प्रयास गरिरहेको बताएका छन् ।
शनिबार धनुषामा आयोजित चुनावी सभामा उनले यस्तो बताएका हुन् ।
मधेशी जनताको माग अनुसार विगतमा आफू प्रधानमन्त्री हुँदा संविधान संशोधन प्रस्ताव संसदमा पेश गर्दा एमालेकै कारण असफल भएको बताउँदै उनले भने, ‘अहिले त्यही पार्टी जनतामा भ्रम दिने षड्यन्त्र गरिरहेको छ ।’
अहिले एमालेले सामन्ती र राजावादी तत्वसँग गठबन्धन गरेको भन्दै प्रचण्डले एमालेले समानुपातिक, समावेशी सिद्धान्त र संघीयता विरोधीसँग गठबन्धन बनाएको टिप्पणी गरे ।