एमसीसीमा संसदको बहुमतले जे निर्णय दिन्छ त्यही स्वीकार !

९ फागुन ०७८, वीरगञ्ज । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा धेरै समय नरोकिने बताएका छन् ।

सोमबार वीरगञ्जको नारायणी अस्पताल परिसरमा विशिष्ट हृदयरोग उपचार भवन (क्याथ ल्याब), आकस्मिक भवन र कोभिड–१९ उपचार भवनको शिलान्यास गर्दै मन्त्री खतिवडाले यस्तो बताएका हुन ।

संसद बैठकमा पेश भइसकेपछि छलफल हुने र छिटै पास/फेलको टुंगो लाग्ने बताउँदै उनले एमसीसीमा संसदको बहुमतले जे निर्णय दिन्छ त्यही स्वीकार हुने बताए ।

यद्यपि, एमसीसी परियोजना राष्ट्रघाती भन्दै सत्ता रहेका र नरहेका विभिन्न दलका नेताहरुले खारेजीको माग गर्दै आन्दोलन गरिरहेका छन् ।