१६ जेठ ०७५, चितवन । भरतपुरको एभरेष्ट पेन्ट्स उद्योगमा आगलागी भएको छ ।
बुधबार विहान ७ बजेतिर भरतपुर महानगरपालिका–४, शिवघाटमा पर्ने उद्योगमा आगलागी भएको हो ।आगलागीको कारण खुलेको छैन ।
जिल्ला प्रहरी कार्यालय, चितवनका डीएसपी प्रभु ढकालले आगो नियन्त्रणका लागि भरतपुर महानगरपालिका, कावासोती नगरपालिकाको दमकलसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय परिचालित भएको तर आगो अझै नियन्त्रणमा आउन नसकेको जानकारी दिए ।