२१ बैशाख ०७५, काठमाडौं । सरकारले काठमाडौँ उपत्यकाका सडकमा चल्ने २६ वटा माइक्रो बसको रुट परमिट खारेज गरेको छ ।
शुक्रबार सिन्डिकेटको पक्षमा गाडी बन्द गर्ने गोंगबुको नयाँ बसपार्कबाट सामखुसी हुँदै रत्नपार्कसम्म आउने २६ वटा माइक्रो बसको रुट परमिट खारेज गरेको हो ।
सरकारले सिन्डिकेट हटाउने कदमविरुद्ध गाडी नचलाउने व्यवसायीको रुट परमिट खारेज गर्ने निर्णयको कार्यान्वयनका क्रममा बसपार्कबाट सामखुसी हुँदै रत्नपार्कसम्म आउने २६ वटा माइक्रो बस परेको यातायात व्यवस्था विभागका प्रवक्ता तुलसी अर्यालले बताए ।
विभागका प्रवक्ता तुलसी अर्यालले देशभरका १४ वटै यातायात कार्यालयमार्फत् गाडी गुडाउने र नगुडाउने व्यवसायीको तथ्यांक संकलन भइरहेको जानकारी दिए ।