इथोपियन एयरलाइन्सको विमान दुर्घटना, १५७ जनाको मृत्यु

२६ फागुन ०७५, एजेन्सी । इथोपियन एयरलाइन्सको बोइङ–७३७ विमान दुर्घटना भएको छ ।

आइतबार राजधानी एडिस अबाबाबाट केन्याको राजधानी नैरोवीतर्फ जाँदै गरेको जेट विमान उडेको ६ मिनेटमै दुर्घटनामा परेको इथियोपियन एयरलाइन्सले जनाएको छ ।

विमानमा एक सय ४९ जना यात्रु र ८ जना चालक दलका सदस्यहरु रहेको एयरलाइन्सले जनाएको छ । विमानमा विभिन्न ३३ देशका नागरिक रहेको बताएको छ ।

बोइङ ७३७ म्याक्स ८ विमान स्थानीय समय अनुसार विहान ८ बजेर ४४ मिनेटमा दुर्घटनामा परेको थियो । दुर्घटना परी प्लेनमा सवार सबै जनाको मृत्यु भएको बताइएको छ ।

इथोपियाका प्रधानमन्त्री अबी अहमदले दुर्घटनामा परी ज्यान गुमाउनेहरुलाई श्रद्धाञ्जली दिँदै मृतकको परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

तपाइको मत