१ चैत्र ०७५, राजविराज । आफैले चलाइरहेको ट्याक्टर पल्टिदा ट्याक्टरले कचिएर चालकको मृत्यु भएको छ ।
शुक्रवार बिहान १२ बजेतिर बोदेबर्साइन नगरपालिका २ स्थित विष्णुपुर सडक खण्डमा स १ त २२६६ नम्बरको ट्याक्टर पल्टिदा ट्याक्टर चालक सोही नगरपालिका ४ बस्ने २४ वर्षीय प्रमोद राउतको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार ट्याक्टरले चेपिएर गम्म्भीर घाइते भएका राउतलाई उपचारका लागि लहान स्थित सप्तऋषि अस्पतालमा पठाइएको र उपचारकै क्रममा उनको मृत्यु भएको डिएसपी भावेश रिमालले जानकारी दिए ।