९ चैत्र ०७५, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले भोलिदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
आइतबार बिहान ८ बजेबाट सुरु हुने परीक्षाको सबै तयारी पूरा भएको परीक्षा नियन्त्रक विष्णु अधिकारीले जानकारी दिए ।
उनका अनुसार एसइई परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार ३ परीक्षार्थी परीक्षामा सहभागी हुँदैछन् ।
यस वर्षदेखि पहिलोपटक संघीय संरचनाको स्वरुपअनुसार भोलिबाट सुरु भई आगामी २१ गतेसम्म सञ्चालन हुने परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका परीक्षार्थी सहभागी हुनेछन् ।