२९ जेठ ०७५, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ्ग उनबीच सिंगापुरमा ऐतिहासिक भेटवार्ता भएको छ ।
सिंगापुरको स्यान्टोसा द्वीपमा अवस्थित क्यापेला होटलमा ट्रम्प र किमबीच भेटवार्ता भएको हो । सो भेटवार्ता करिब ५० मिनेटसम्म चलेको थियो ।
अमेरिकाको तर्फबाट यस बैठकमा राष्ट्रपति ट्रम्पसँगै विदेश मम्त्री माइक पोम्पियो, व्हाइट हाउसका चीफ अफ स्टाफ जोन कैली र सुरक्षा सलाहकार जोन बोल्टन रहेका छन् ।
उत्तर कोरियाका नेता किम जोङ्ग उनसँग उनका सबैभन्दा निकट सहयोगी किम योङ्ग चोल विदेश मन्त्री री योन्ग हो र पूर्व विदेश मन्त्री री सु योङ्ग पनि रहेका छन् ।
अत्यन्त कटुतापूर्ण सम्बन्ध रहेका यी दुई मुलुकका राष्ट्राध्यक्षहरूको पहिलोपटक भएको यो वार्तालाई द्वीपक्षीयमात्र नभइ विश्वलाई नै प्रभाव पार्ने ऐतिहासिक घटनाका रुपमा लिइएको छ ।