अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा, सप्तरीका ५ ज्येष्ठ नागिरक सम्मानित

१३ कार्तिक ०७५, राजविराज । अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा राजविराजमा पाँच जनालाई सम्मान गरेको छ ।

मंगलवार राजबिराजमा प्रदेश २ समाजिक बिकास मन्त्रालयद्वारा आयोजित सम्मान कार्यक्रममा सप्तरीका पाँच जना उत्कृष्ट ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो ।

सम्मानति हुनेहरूमा बोदेबरसाईन नगरपालीका ५ का कोशिला यादब, राजबिराज नगरपालिका ७ का लखन साह, खडग नगरपालिका ८ बदु मियाँ, राजबिराज नगरपालिका ५ दुर्गा मिश्र, तथा तिलाठीकोईलाडी गाउपालिका १ का चुनचुन देबी झालाई दोसला, ब्लायांकेट, छाता, बैसाखी लगायतका सामग्रीवाट उनीहरूलाई सम्मान गरेको हो ।

कार्यक्रममा प्रदेश २ का समाजिक बिकास मन्त्री नवलकिसोर साहले जेष्ठ नागिरकलाई दोसला ओढाएर सम्मान गरेका थिए । मन्त्री साहले जेष्ठ नागिरकको सम्मान दोसलाबाट नभई हृदय वाट हुनुपर्ने बताउदै जेष्ठ नागिरक, तथा असाहयको इज्जत, सम्मान सबैले गर्न संस्कारको बिकास गर्नुपर्ने बताउँदै ज्येष्ठ नागरिकका आँखा र कान उपचारको लागि मन्त्रालयले ५ करोड रकम छुट्याएको बताए ।

सो अवसरमा प्रदेश २ का महिला, बालवालिका तथा जेष्ठ नागिरक शाखाका प्रमुख मिरा मिश्रले अन्तराष्टीय जेष्ठ नागिरक दिवसको अवसरमा प्रदेशको ८ वटै जिल्लामा उत्कृष्ट जेष्ठ नागिरकलाई सम्मान गर्ने कार्यक्रम रहेको बताए ।

तपाइको मत