३ फागुन ०७५, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका छन् ।
संसदले महाअधियोग दर्ता गर्ने तयारी गरिरहेका बेला उनले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष शुक्रबार दिउँसो राजीनामा दिएका हुन् ।
भक्तपुरमा रहेको नेपाल इन्जिनियरिङ कलेज सम्बन्धी विवादमा लाखौं रुपैयाँ घुस बुझेको भिडियो बाहिरिएपछि सत्तारुढ दल नेकपाल शुक्रबार नै महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेको थियो ।